डोटीमा जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु

डोटी– डोटीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दिपायलबाट जोरागाउँका लागि हिँडेको शैलेश्वरी यातायातको ग १ ज ५२७५ नम्बरको जीप शिखर नगरपालिका–३ आली गाउँमा दुर्घटना भएको हो। दुर्घटनामा १६ जना घाइते भएका छन्। दुर्घटनामा  शिखर नगरपालिका–३ जोरगाउँकै खिन्तुरी भुल, कटी सार्की र  बालक सुरज भुलको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ।