पोखरा– नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाडौँबाट प्रदान भइरहेको स्वास्थ्य सेवालाई विकेन्द्रीकृत गर्ने उद्देश्यले पोखरामा प्रादेशिक अस्पताल भवन निर्माण गरिने भएको छ । नेपाल प्रहरीको पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी गण पोखराको भवनबाट स्वास्थ्य सेवा लिँदै आएको प्रहरीले पोखरा लेखनाथ महानगरपालिका–१७ मुस्ताङचोकस्थित आफ्नै जग्गामा अस्पताल भवन निर्माण गरेर सञ्चालन गर्ने भएको हो । ४ नं प्रदेश प्रहरी…