खुलामञ्चामा अतिक्रमण गरी बनाइएका सटरमा महानगरको डोजर

काठमाडौं - काठमाडौं महानगरपालिकाले खुलामञ्चमा अवैधानिक तवरबाट निमार्ण गरिएका सटर भत्काउन डोजर चलाइएको छ। चौतर्फी विरोधपछि महानगरपालिकाले शनिबार सटर भत्काउन डोजर चलाएको हो। महानगरपालिका र मनोजकुमार भेटवालको कम्पनी स्वच्छन्द बिकोई बिल्डर्सको मिलेमतोमा खुल्लामञ्च ठेक्का दिएको कुरा बाहिरएपछि सरोकारवालाले दबाब दिएका थिए। संरक्षण अभियन्ताहरूले बिहीबार राजधानीमा विरोध प्रदर्शन पनि गरेका थिए।   महानगरपालिकाका प्रवक्ता इश्‍वमार डंगोलकाअनुसार…