काठमाडाैँ-राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्षमण्डलको संयोजकको जिम्मेवारी सोमबारदेखि राजकिशोर यादवले सम्हाल्ने भएका छन्। राजपाको यही साउन ४ र ५ गते प्रदेश नं २ को राजधानी जनकपुरमा भएको अध्यक्षमण्डलको बैठकले संयोजकको जिम्मेवारी यादवलाई दिने निर्णय गरेको हो। सोमबारदेखि यादवले संयोजकको जिम्मेवारी सम्हाल्ने राजपाका संयोजक अनिलकुमार झाले आज विज्ञप्तिमार्फत जानकारी दिएका छन्। राजपाको चक्रीय प्रणाली अनुसार…