बेनी - म्याग्दीमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाका जिल्ला इञ्चार्ज र सेक्रेटरी पक्राउ परेका छन् । जिल्ला इन्चार्ज नकाल क्षेत्री (विकिरण) र सेक्रेटरी बाबुलाल शाक्यलाई बेनी नगरपालिका-३ नयाँपुलबाट सोमबार साँझ पक्राउ गरिएको प्रहरी कार्यालयले जनाएको छ। प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासीनीले विशेष सुराकीको आधारमा ग्रामिण क्षेत्रतर्फ जाँदै गरेका उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए।…