अपडेट :बाढीपहिरोमा मृत्यु हुनेको संख्या ९० पुग्यो ,४१ घाइते

काठमाडौँ - गत असार २६ गते अविरल वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परेर हालसम्म ९० जनाको मृत्यु भएको गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ। विपद्मा परेर अहिलेसम्म २९ हराइरहेका र ४१ घाइते भएको केन्द्रका प्रमुख वेदनिधि खनालले जानकारी दिए। उनका अनुसार झण्डै १२ हजार घर धुरी विस्थापित भएकाले उनीहरुलाई अस्थायी आश्रयस्थलमा राखिएको…