काठमाडौं - मोतीहारी–रक्सौल-अमलेखगन्ज पाइप लाइनबाट तेल आपूर्ती शुरु भएको छ । नेपाल आयल निगमका अनुसार पटनाबाट पाइपलाइनमा पानी र डिजेल पठाइएको छ । ‘पटनाबाट बिहान १० बजे पानी र डिजेल पम्पिङ गरिएको छ । बिहिबार परिक्षणात्मक रुपमा आईओसीले पाइप लाइनमार्फत पठाएको पानी र डिजेल शुक्रबार अमलेखगन्ज आइपुगेको छ । पटनाबाट पाइपलाइनमा पहिलो परीक्षणको लागि २२ लाख लिटर…