धरौटी बुझाएर छुटेलगत्तै फेरि पक्राउ परे सुलभ अग्रवाल

काठमाडौं - काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भएका व्यापारी सुलभ अग्रवाल पुन पक्राउ परेका छन् । अदालतमा २५ लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर रिहा हुनेवित्तिकै उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । उनीमाथि सम्पत्ति शुद्धिकरणसम्बन्धी विषयमा पनि अनुसन्धान गर्नुपर्ने भएकाले पक्राउ गरिएको परिसर प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिए। यसअघि कालोबजारी…