भेरी-बबईको सुरुङ अन्तिम चरणमा

सुर्खेत - राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । नेपालमा पहिलोपटक प्रयोग गरिएको टनेल बोरिङ मेसिन (टिबिएम) को सफल परीक्षणका कारण निर्धारित समयअगावै सुरुङ निर्माणकार्य पूरा हुने भएको हो । आयोजना प्रमुख सञ्जीव बरालले टिबिएमको सहायताले आजसम्म ११ किमी ६०० मिटर सुरुङ निर्माण भइसकेको जानकारी दिए । सुरुङको लम्बाइ…