काठमाडौं– तेस्रो एकीकृत बस्ती निर्माणको घोषणा गरेको धुर्मुस–सुन्तली फाउण्डेशनलाई एकै व्यक्तिबाट ४० लाख रुपैयाँ सहयोग प्राप्त भएको फाउन्डेशनले जनाएको छ। कतारमा व्यवसाय गरिरहेका प्रकाश कोइरालाले आफ्नो लुरेन्स कन्ट्रक्टिङ एण्ड जेनेरल क्लिनिङ कम्पनीका तर्फबाट उक्त सहयोग रकम एकीकृत नमुना मुसहर बस्ती निर्माणका लागि प्रदान गरेको फाउण्डेशनले जनाएको छ। फाउन्डेशनका अनुसार आठ वर्षदेखि कतारमा कम्पनी सञ्चालन गर्दै…