काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयां सरकार गठनअघि नै एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको प्रयास भइरहेको बताउनुभएको छ । शनिबार दिउंसो सिन्धुली जिल्लाका सांसदहरुको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘मैले धेरैपटक भनिसकेको छु, पार्टी एकताबाट पछाडि फर्कने ठाउँ नै छैन । पछाडि फर्कने पुल भत्काइसकेका छौं। हिजो मात्र मेरो र कमरेड…