काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले छाउनीस्थित वीरेन्द्र अस्पतालको निरीक्षण भ्रमण गरेका छन् । बुधबार निरीक्षण भ्रमणको सिलसिलामा सैनिक स्वास्थ्य महानिर्देशकबाट स्वागत मन्तव्य र उक्त अस्पतालका कमाण्डान्टबाट अस्पतालको वस्तुस्थित बारे प्रतिवेदन गरेका थिए । सो भ्रमणको दौरानमा प्रधानमन्त्री ओलीले उक्त अस्पतालको अतिविशिष्ट कक्ष, ईमरजेन्सी वार्ड तथा हेमोडाईलसीस युनिटको निरीक्षण गर्नुको साथै अस्पताल सुधारको सम्बन्धमा आवश्यक…