भरतमोहन अधिकारीलाई मेडिसिटीबाट ह्याम्स सारियो

काठमाडौं – भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचाररत नेकपा नेता एवं पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीलाई मण्डिखाटारस्थित ह्याम्स अस्पताल सारिएको छ । मुटु र फोक्सोसम्बन्धी रोगबाट पीडित अधिकारी एक महिनाअघि मेडिसिटी भर्ना भएका थिए । तर, मेडिसिटीको उपचारमा चित्त नबुझेपछि अधिकारीलाई बिहीबार ह्याम्स ल्याइएको पारिवारिक स्रोतले जनाएको छ । अधिकारी तत्कालिन मनमोहन अधिकारी नेतृत्व सरकारका सफल अर्थमन्त्री…