नेकपाको युवा संगठनको विधान तयार, केन्द्रिय समितिमा २५१ सदस्यीय रहने

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को युवा संगठनले विधान तयार गरेको छ । संगठनको एकता अगाडि बनेको विधान मस्यौदा उपसमितिले संगठनका संयोजक रामप्रसाद सापकोटा (दिपशिखा) र सह–संयोजक रमेश पौडेललाई विधानको मस्यौदा पेसिडाँडामा हस्तान्तरण गरेको हो । युवा संघको केन्द्रिय समितिमा २५१ सदस्यीय रहने प्रस्ताव विधानको मस्यौदामा उल्लेख गरिएको मस्यौदा समितिका सुवोधराज शोर्पालीले बताए…