थबाङ-नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता एवम् पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफैले घोषणा गरेको दलाल पुँजीवादी संसदीय व्यवस्था पक्षधरसँग सहकार्य गरेर वाम गठबन्धनविरुद्ध लागेको बताएका छन् । वाम गठबन्धनबाट रोल्पामा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका अनन्तले सोमबार थबाङमा आयोजित चुनावी सभालाई संबोधन गर्दै नेकपा आफ्नो राजनीतिक…