असारसम्म यसरी भित्रिँदैछ पाइप लाइनबाट पेट्रोलियम पदार्थ

वीरेन्द्र कर्ण वीरगञ्ज – दक्षिण एशियाको पहिलो क्रसबोर्डरको रुपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइनअन्तर्गत अब पर्सा राष्ट्रिय निकुञ्जभित्रको ५ किलोमिटर क्षेत्रमा मात्र रुखकाटी जमिनमुनि पेट्रोलियम पाइपलाइन बिछ्याउने काम बाँकी रहेको छ । बहुप्रतिक्षित आयोजनाका रुपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म ओछ्याउने पेट्रोलियम पाइप लाइन बिछ्याउने काम धमाधम भइरहेको परियोजना कार्यालय सिमराले जनाएको छ…