काठमाण्डु – दक्षिण एसियाली फूटबल महासंघ (साफ) यू–२० महिला च्याम्पियनशिपमा नेपालले भुटानविरूद्ध ९–० गोलको जीत निकालेको छ । शनिबार बंगलादेशको ढाकास्थित किङ्स एरेनामा भएको खेलमा नेपालले भुटानलाई पराजित गर्दै अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको हो । नेपालको जीतका लागि पूर्णिमा राई र मीना देउवाले ह्याट्रिक गरे भने समीक्षा मगर र कुशुम खतिवडाले समान १/१ गोल…