काठमाण्डु- ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले पाटन अस्पतालको स्वास्थ्य बीमा बापतको रकम महानगरले तिर्ने बताएका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १८ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल सरकारले बीमाको भुक्तानी गर्न नसके महानगरपालिका आफैंले तिर्ने बताएका हुन् । महर्जनले नेपाल सरकारले औपचारिक पत्रमार्फत अनुमति दिए वा महानगरलाई भुक्तानीको जिम्मेवारी सुम्पिएको खण्डमा महानगरपालिकाले नै…