नयां दिल्ली–भुटान र चीनबीच विवाद रहेको र हाल भारतीय सेना पुगेको विवादित दोक्लाम क्षेत्रमा भारतले गोर्खा सैनिक खटाएको छ । उत्तर–पूर्वी मेघालय राज्यको सिलोङमा रहेको ८ गोर्खा राइफल्सको हेडक्वार्टरबाट भारतले सैनिक परिचालन गरेको हो । अहिले त्यहाँको चौथो बटालियनका ६० जना सैनिक चीन–भुटान सीमाक्षेत्रमा परिचालित छन् । प्रधानमन्त्रीको भारत भ्रमणकै समयमा उनीहरू सीमाक्षेत्रमा कार्यरत छन्…