काठमाण्डौ– भष्ट्राचारको आरोप लागेपछि पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफले राजीनामा दिएका छन् । पाकिस्तानको शरिफलाई सर्वोच्च अदालतले सार्वजनिक पदमा बस्न अयोग्य ठहर गरेपछि उनले पदबाट राजीनामा दिएका हुन् । विपक्षी दलका नेता इमरान खानलगायतले प्रधानमन्त्री सरिफविरुद्ध अकुत सम्पत्ति कमाएर विदेशमा राखेको आरोप लगाउदै मुद्दा दायर गरेपछि सर्वोच्चले त्यसमा फैसला गर्दै उनलाई दोषी ठहर गरेको हो ।…