काठमाण्डु- गृहमन्त्री रमेश लेखकले राजधानीमा सुरक्षाको अनुभूति नागरिकले प्रत्यक्ष पाउने गरी प्रहरी संगठनले उत्कृष्ट कार्यसम्पादन गर्नुपर्ने निर्देशन दिएका छन्। शुक्रबार काठमाण्डु उपत्यका प्रहरी कार्यालय र काठमाण्डु प्रहरी परिसरको निरीक्षणपछि मन्त्री लेखकले उपत्यकामा शान्ति–सुव्यवस्था कायम गर्न उपत्यका प्रहरीको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गरे। उनले प्रहरीको कार्य जनताप्रति उत्तरदायी र जवाफदेही हुनुपर्नेमा जोड दिँदै मानवअधिकारको संरक्षण…