पशुपतिमा जनैपूर्णिमाको चहलपहल (फोटोपिचर)

काठमाण्डु - प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा अर्थात् ऋषि तर्पणी पर्वका अवसरमा देशभर जनै एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ । बिहान सबेरै उठी पवित्र नदी,तलाउ आदिमा स्नान गरी ऋषिहरूको तर्पण गरी नयाँ जनै लगाउने सनातन वैदिक धर्मावलम्बीको परम्परा छ। यसै अवसरमा काठमाण्डुको पशुपतिनाथसहित देशभरका मन्दिरहरूमा जनै लगाउने र रक्षासूत्र बाँध्नका लागि…