काठमाण्डु – गैरकानूनी शिक्षक नियुक्ति प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाण्डुको टोखास्थित मनोहर माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापकसहित शिक्षकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । तत्कालीन प्रधानाध्यापक बासुदेब अधिकारी र शिक्षिका कल्पना पनेरुले उमेरहद नाघेको तथ्य लुकाएर नियुक्ति लिए/दिएको भन्दै अख्तियारले आईतबार मुद्दा दर्ता गरेको छ । कानूनअनुसार माध्यमिक तहको शिक्षक पदमा नियुक्त हुन २१…