रवि–बालेन सहमति : मतदातालाई ‘भावी प्रधानमन्त्री’ चिनेर मतदान गर्ने मौका !

काठमाण्डु – बहुदलीय संसदीय प्रणाली भएको नेपालमा प्रतिनिधिसभा चुनावअघि नै भावी प्रधानमन्त्री घोषणा गर्नुपर्ने बाध्यात्मक अवस्था छैन । तर दलभित्र शक्ति सन्तुलन मिलाउन र मत आकर्षित गर्न भावी प्रधानमन्त्रीको नाम घोषणा गर्ने अभ्यास हुँदै आएको छ । जेनजी आन्दोलनका अगुवाहरूले कार्यकारी भूमिकामा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको माग नै गरेका थिए । अगुवाहरू मिराज ढुंगाना, प्रवेश दाहालहरूले…