ललितपुर - शुक्रबार राति ललितपुरस्थित नक्खुमा रहेको एनसेल टावरमा भएको बम विस्फोटमा परेर गम्भीर घाइते भएका सिंहप्रसाद गुरुङको मृत्यु भएको छ। शुक्रबार राति साढे ८ बजे भएको बम विस्फोटमा परेर गम्भीर घाइते भएका गुरुङको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ललितपुर प्रहरी परिसरका वरिष्ठ प्रहरी उपरीक्षक रवीन्द्र धानुकले जानकारी दिए। अन्य दुईजना घाइतेको पनि उक्त…