पाल्पा — बगनासकाकाली गाउँपालिका–१ चिर्तुङधारा पिप्लेमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा २८ जना घाइते भएका छन् । तानसेन नगरपालिका–९ दमकडास्थित रिभरभ्याली बोर्डिङ स्कुलको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेमध्ये तीन जनाको अवस्था मध्यम र २५ जनाको अवस्था सामान्य रहेको छ । उनीहरु उपचारपछि घर फर्किसकेका छन् ।चिर्तुङ्धारा माडी क्षेत्रबाट तानसेन दमकडा…