काठमाडौं - नेपाल भ्रष्टाचार हुने देशको सूचीमा १८० देशमध्ये ३१ अंक प्राप्त गर्दै १ सय २४ औं स्थानमा पुगेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) ले वर्ष २०१८ मा भएका विभिन्न अध्ययन र अनुसन्धानका आधारमा सार्वजनिक गरेको १ सय ८० देशको सूचीमा नेपाल १२४औं स्थानमा देखाएको हो । आम निर्वाचनपछि पनि नेपालमा भ्रष्टाचारको स्थिति चिन्ताजनक रहेको…