अन्नपूर्णका सम्पादक गौतमले दिए राजीनामा, प्रधान–सम्पादकमा थापा आउँदै

काठमाडौं– अन्नपूर्ण पोस्ट् दैनिकका सम्पादक राजाराम गौतमले पद्बाट राजीनामा दिएका छन्। उनले मंगलबार राजीनामा बुझाएका हुन्। गाैतमको राजीनामा बुधबार स्वीकृत हुनसक्ने सम्भावना छ। अन्नपूर्णले प्रधान–सम्पादकमा हरिबहादुर थापालाई ल्याउँदैछ। कान्तिपुरले नारायण वाग्लेलाई प्रधान–सम्पादकमा नियुक्त गरेपछि कान्तिपुरको सम्पादक पद छाडेका थापा अन्नपूर्णमा भित्रिन लागेका हुन्। गौतम यसअघि अन्नपूर्णकै अन्नपूर्ण टूडेका सम्पादक थिए। टूडे बन्द भएपछि  उनी अन्नपूर्णको …