नुवाकोट - पासाङल्हामु राजमार्गको ककनी गाउँपालिका–४ चौतीसकिलो भन्ने स्थानमा गएको पहिरोले सडक अवरुद्ध भएको छ । शुक्रबार राति गएको पहिराले सयौँ सवारी साधन अलपत्र परेका छन् । सडकभन्दा माथिको डाँडा खसेर सडक अवरुद्ध भएका कारण पन्छाउन समय लाग्ने अलपत्र परेएका एक यात्रु नवराज घिमिरेले जानकारी दिए । “माथिबाट डाँडै खसेको छ, ठूला–ठूला ढुङ्गा बगेर आएका…