डीआईजी थापा भन्छन्-प्रहरीको छवि उच्च राख्ने गरी काम गर्नुपर्छ

भक्तपुर-  प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले सूर्यविनायक नगरपालिका– ३ बालकोटस्थित महानगरीय प्रहरी प्रभागको नवनिर्मित भवनको आज उद्घाटन गरे । दुई करोड २६ लाखको लागतमा निर्माण भएको उक्त भवनमा प्रभागको कार्यालय, व्यारेक तथा भान्साघरसहित १९ वटा कोठा रहेको छ । सो अवसरमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुखसमेत रहेका प्रहरी नायब महानिरीक्षक क्षेत्रीले आम नागरिकलाई सुरक्षाको…