चितवन - नेपाल सरकारले चीनलाई उपहारस्वरुप दिन लागिएको एकसिंगे गैंडाको जोडिलाई मंगलबार काठमाडौं पठाइएको छ ।काठको विशेष खोरमा राखिएका गैंडाका बच्चाहरुलाई ट्रकमार्फत काठमाडौं लगिएको हो । ती गैंडालाई काठमाडौं लगेर सदर चिडियाखाना जाउलाखेलमा राखिने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदबहादुर ढकालले जानकारी दिए । गैंडाको विदाईका लागि सौराहामा एक कार्यक्रमको आयोजना गरिएको छ ।…