काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतबीच विकास निर्माण तथा समृद्धिका लागि समन्वय र सहकार्यबारे छलफल भएको छ। मन्त्री पुन र बस्नेतसहित दुवै मन्त्रालयको उच्चस्तरीय टोलीबीच शुक्रबार भएको छलफलमा अन्तरमन्त्रालय समन्वयको चर्चा भएको छ। छलफलमा मन्त्री पुनले वातावरणीय प्रभाव अध्ययन मूल्यांकन आयोजनास्थल तथा प्रसारण लाइन निर्माण क्षेत्रमा रूख कटान…