धुराबजार क्षेत्रमा सिन्धुली प्रशासनको कर्फ्यू आदेश

सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिका–४ धुराबजार क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेको छ । गत पुस ६ गते घटनालाई लिएर स्थानीय वासिन्दाबाट ढुङ्गामुढा प्रहार तथा हुलदङ्गा लगायतका अवाञ्छित गतिविधि भएपछि शान्ति सुरक्षा कायम गर्न प्रशासनले कर्फ्यू लगाएको हो । प्रमुख जिल्ला अधिकारी (सीडीओ) स्किम श्रेष्ठद्वारा जारी आदेशअनुसार स्थानीय प्रशासन ऐन २०२८ को दफा…