काठमाण्डु – अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले नेपालको उच्च शिक्षामा व्याप्त दलीय राजनीतिकरणको अन्त्य गर्नुपर्ने बताएकी छन् । बिहीबार त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले विश्वविद्यालयहरूलाई राजनीतिक अखडा नभई प्राज्ञिक बहसको थलो बनाउन सबै पक्षसँग आह्वान गरिन् । प्रधानमन्त्री कार्कीले शैक्षिक प्रशासनमा हुने अनावश्यक दलीय हस्तक्षेपका कारण नेपालको उच्च शिक्षा निरन्तर असफल भइरहेको भन्दै…