काठमाडौं – रक्षामन्त्री ईश्वर पोखरेलले सरकारको लक्ष्य ‘सम्वृद्ध नेपाल–सुखी नेपाली’ रहेको भन्दै आत्मनिर्भर र रोजगारी सिर्जना गर्ने योजनासहितको कार्यक्रम ल्याउन आग्रह गर्नुभएको छ । सरकारको लक्ष्यलाई सहयोग पुग्ने कार्यक्रम जनताको तहबाट आउन सके त्यसलाई आफुहरुले सद्धैव सम्मान गर्ने उहाँको भनाई थियो । काठमाडौं निर्वाचन क्षेत्र नं. ५ स्थित भद्रकाली कृषि सहकारी संस्थाको कार्यक्रमलाई सम्वोधन गर्दै…