काठमाडौं – प्रहरी प्रधान कार्यालयले संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ सोमालियास्थित मिसनमा खटी जाने प्रहरी अधिकृतको बिदाई गरेको छ । शान्ति स्थापनार्थमा सोमालियास्थित UNSOM मिसनमा अनपोलको रुपमा खटी जान लागेका प्रहरी नायव उपरीक्षक विष्णु प्रसाद सोतीलाई आइतबार युएन महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विभूती राज पाण्डेले बिदाई गरे । उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक पाण्डेले…