छिटो सरकार फेरिने परम्पराको अन्त्य : वनमन्त्री बस्नेत

भक्तपुर - वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले देशमा एक वर्षभित्र सरकार परिवर्तन भइरहने परम्पराको अन्त्य भएको बताएका छन्। भक्तपुर र काठमाडौँको सिमानास्थल मनोहरा पुलबाट गत ६ गतेदेखि शुरु भएको अरनिको राजमार्ग खण्डको सरसफाइ अभियानको २१ औँ दिनको समापन कार्यक्रममा बोल्दै उनले सो धारणा व्यक्त गरेका हुन् । जनताले सोचेजस्तो छिटो काम गर्न सरकारले सकेन भन्ने…