सम्झौता लागु नभएसम्म नेपाल सरकारले कामदार मलेशिया नपठाउने

काठमाडौं - नेपाल र मलेशियाबीच भएको सम्झौता कार्यान्वयन नहुँदासम्म मलेशियाका लागि वैदेशिक रोजगारीको श्रमस्वीकृति नदिइने नेपाली अधिकारीहरूले बताएका छन्। सम्झौता कार्यान्वयनको कार्यविधि बनाउने जिम्मा पाएको द्विपक्षीय प्राविधिक समूहबीच भिसा अर्थात् प्रवेशाज्ञा प्रक्रिया र स्वास्थ्य परीक्षण विधिबाहेक अधिकांश विषयमा सहमति भइसकेको उनीहरूको भनाइ छ। भिसा भए पनि श्रमस्वीकृति नपाएर रोकिएका झन्डै १० हजार कामदारलाई मलेशिया पठाउन…