मुख्यमन्त्री पोखरेललाई प्रदेशसभामा सुविधाजनक बहुमत

बुटवल - प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आज प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभा ५ को आज बसेको पाँचौँ बैठकमा मुख्यमन्त्री पोखरेलले मत विभाजनबाट प्राप्त मतका आधारमा सुविधाजनक मत प्राप्त गरे । प्रदेशसभाका मत विभाजनमा ८४ जना सदस्यमध्ये उनको पक्षमा ६६ मत परेको र यस्तै विपक्षमा प्रतिपक्षी दल नेपाली काँग्रेसका १८ जनाले…