कर नतिर्ने फिल्म हललाई काठमाडौं महानगरले दियो यस्तो चेतावनी

काठमाडौं – चलचित्र घरहरुले मनोरञ्जन शुल्कबापतको कर आगामी १७ गतेसम्म नतिरे फिल्म हलमाथि कारबाही गर्ने काठमाडौं महानगरपालिकाले चेतावनी दिएको छ । काठमाडौं महानगरपालिकाको राजस्व विभागले भदौ १७ गतेसम्म सम्पर्कमा आउन भन्दै एक सूचना जारी गर्दै महानगरभित्र भएका ४२ मध्ये कर नतिर्ने ३८ वटा सिनेमा घरलाई उक्त चेतावनी दिएको हो । गएको वर्ष चारवटा हलले मनोरञ्जनबापतको…