प्रधानन्यायाधीशको प्रवेशिकाको प्रमाणपत्र माग गर्दै गोविन्द केसीले दिए सर्वोच्चमा निवेदन

काठमाडौं - डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीले प्रवेशिका उत्तीर्ण गरेको प्रमाणपत्र माग गर्दै सर्वोच्च अदालतमा मंगलबार निवेदन दिएका छन् । सर्वोच्चको नियमावली २०७४ अनुसार सार्वजनिक सरोकारको मुद्दा दायर गर्नुपूर्व विवाद समाधानका लागि पहिले सम्बन्धित पदाधिकारीलाई नै निवेदन दिनुपर्ने व्यवस्था छ । यसरी निवेदन दिँदा विवाद समाधान नभए मात्र सर्वोच्चमा रिट हाल्न पाइने प्रावधानको सम्मान गर्दै…