अबदेखि ह्वावेई फोनमा फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम एप नहुने

काठमाडौं - फेसबुकले आफ्ना एप ह्वावेईका स्मार्टफोनमा प्रि(इन्स्टल अर्थात् फोन उत्पादन गर्दा नै राख्ने व्यवस्था अन्त्य गर्न लागेको समाचार संस्था रोएटर्सले जनाएको छ। त्यस्तो प्रतिबन्ध फेसबुकको मुख्य एपमा मात्र नभएर कम्पनीका भगिनीसंस्थाका रूपमा परिचित ह्वाट्सएप र इन्स्टाग्रामका एपमा पनि लागु हुनेछ। गत मे महिनामा अमेरिकाले आफ्ना देशका कम्पनीहरूलाई सुरक्षा जोखिम रहन सक्ने बताउँदै विदेशी दूरसञ्चार…