एमालेका रामवीर मानन्धर काठमाडौं– ७ बाट विजयी

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर ७ मा एमालेका रामवीर मानन्धर विजयी भएका छन्।   वाम गठबन्धनका उम्मेदवार मानन्धरले राप्रपाका विक्रम थापालाई आठ हजार मतअन्तरले पराजित गरेका हुन्।     मानन्धर दोस्रो पटक विजयी भएका हुन्।   मानन्धर १८ हजार १ सय २ मतसहित विजयी हुुँदा थापाले १० हजार ७९ मतमात्रै पाएका छन्।