काठमाडौं - प्रभु समुहले नेपालमा पहिलो पटक डिजिटल भिडियो प्रशारण (डीभीबी–टी२)मा आधारित भएर प्रभु टि.भि. प्रारम्भ गरेको छ । सुचना प्रविधिको विकासको क्रम संगै ओटीटी प्रणालीमा आधारित भएर मोबाईल, ट्याब्लेट तथा ल्यापटपमा समेत आफुले छानेको च्यानलहरु हेर्न सकिने प्रभुले जनाएको छ । आइतबार पत्रकार सम्मेलन गरी प्रभु समुहका अध्यक्ष देवीप्रकाश भट्टचनले यस सेवाको सुरुवात गरे…