कर्णाली प्रदेश सरकारको प्राथमिकतामा सडक र विद्युत

सुर्खेत - कर्णाली प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष ०७५-७६ को बजेटमा सडक र विद्युतलाई प्राथमिकता दिइएको छ । प्रदेश सरकारले नागरिकलाई राज्यको हरेक सेवासुविधाको पहुँचमा ल्याउने प्रमुख आधार सडक र विद्युतलाई ठहर गर्दै यसमा प्राथमिकता दिएको हो । प्रत्येक सार्वजनिक कार्यक्रममा कर्णालीका गाउँगाउँसम्म सडक नपु¥याउन्जेल नागरिकले विकासको अनुभूति गर्न नसक्ने अभिव्यक्ति दिँदै आएका प्रदेश…