सार्वजनिक लेखा समितिले पारित ग‍र्याे २३ औँ वार्षिक प्रतिवेदन

काठमाण्डु– प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले आफ्नो २३ औँ वार्षिक प्रतिवेदन सर्वसम्मतिका साथ पारित गरेको छ । बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले यो निर्णय गरेको हो । समितिले गरेका काम कारबाहीहरूको वार्षिक प्रतिवेदन सदनमा पेस गर्ने उद्देश्यले प्रतिवेदन पारित गरिएको समितिका सभापति ऋषिकेश पोखरेलले बताए । उनले भने, ‘समितिले गरेका काम कारबाहीहरूको वार्षिक प्रतिवेदन सदनमा…