काठमाण्डु – आगामी अक्टोबरमा ओमानमा हुने आईसीसी पुरुष टी–२० विश्वकपको एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोटका लागि नेपाल समूह ‘२’ मा परेको छ। नेपालले समूह चरणमा कुवेत र जापानसँग भिड्नेछ। प्रतियोगिता अक्टोबर ८ देखि १७ सम्म ओमानको अल अमेरातस्थित क्रिकेट एकेडेमी मैदानमा हुनेछ। यसमा एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रका ९ टोली सहभागी छन्, जसलाई…