पूर्वविद्यार्थीद्वारा ५० लाखको अक्षयकोष स्थापना

बागलुङ - बागलुङको एक विद्यालयमा गुणस्तरीय तथा आधुनिक शिक्षा प्रदान गर्न पूर्व विद्यार्थीले ५० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन्। बागलुङ नगरपालिका–१२ बलेवा अमलाचौरस्थित पृथ्वी हिरण्य माध्यमिक विद्यालयमा मल्टिमिडिया, ई-पाटी, कम्प्युटर ल्याव तथा विज्ञान प्रयोगशाला सञ्चालनमा ल्याउन दक्ष जनशक्ति व्यवस्थापनका लागि अक्षयकोष स्थापना गरिएको हो। विद्यालयमा पूर्वविद्यार्थीको सहयोगमा ३५ लाखको लागतमा सञ्चालनमा ल्याइएको मल्टिमिडिया, कम्प्युटर…