मोदी मुक्तिनाथबाट काठमाडौं फर्किंदै,एयरपोर्टदेखि गौशालासम्मको सवारी प्रभावित हुने

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथबाट काठमाडौं फर्किंदै छन्। त्रिभुवन विमानस्थलमा अवतरण गरेपछि उनी विशेष पुजाका लागि पशुपतिनाथ मन्दिरमा प्रस्थान गर्नेछन्। सोहि क्रममा केहि समय विमानस्थल, तिलगंगा, गौशाला हुँदै चल्ने सवारी साधनहरु दुइतर्फी रुपमै प्रभावित हुने महानगरीय ट्राफिक महाशाखाले जनाएको छ।