काठमाडौँ-त्रिभुवन विश्वविद्यालयको आजको लागि निर्धारित ‘त्रिविसभा’ अर्थात् सिनेट बैठक स्थगन भएको छ । त्रिविका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि बैठक स्थगन भएको त्रिविका उपकुलपति प्रा डा तीर्थ खनियाँले जानकारी दिए । शनिबार प्रधानमन्त्रीलाई बैठकबारे जानकारी गराउन जाँदा लामो समय कुरेर पनि भेट गर्न नसकिएको उनले बताए। “यो बैठक कुलपतिले बोलाएको हो, उहाँले शिक्षा…